काठमाडौं– प्रधानमन्त्री केपी ओलीले कोरोनाविरुद्धको १ करोड ५० लाख डोज खोप सहुलियत मूल्यमा खरिद गर्ने तयारी भएको जानकारी दिएका छन्। मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यो जानकारी दिएका हुन्।
सन् २०२१ भित्र मोटामोटी रुपमा सबैले कोरोनाविरुद्धको खोप लगाइसक्ने ओलीले बताए। खोपका विषयमा विश्वभर माग र आपूर्तिको सन्तुलन नमिलेकाले केही ढिला भएको भन्दै उनले अब नियमित खोप कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
मंगलबार मात्रै १६ लाख अष्ट्राजेनेकाको खोप जापानले दिने सुनिश्चितता गरेको भन्दै प्रधानमन्त्री ओलीले ५० लाख जोनसन एण्ड जोनसन, ४० लाख मोडर्ना, ४० लाख फाइजर र २० लाख कोभिसिल्ड खोप सहुलियत मूल्यमा ल्याउने तयारी गरेको बताए।