शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्टी विघटन गरेका रजनीकान्तले राजनीतिबाट संन्यास लिए

पार्टी विघटन गरेका रजनीकान्तले राजनीतिबाट संन्यास लिए

दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले राजनीतिबाट स‌न्यास लिएका छन्। रजनी मक्कल मन्द्रम नामको राजनीतिक पार्टी विघटन गर्दै उनले राजनीतिबाट संन्यास लिएका हुन्।
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले राजनीतिबाट स‌न्यास लिएका छन्। रजनी मक्कल मन्द्रम नामको राजनीतिक पार्टी विघटन गर्दै उनले राजनीतिबाट संन्यास लिएका हुन्।

उनले अब भविष्यमा कहिल्यै राजनीतिमा नफर्कने बताएका छन्। रजनी मक्कल मन्द्रम पार्टीका सबै नेताहरुसँग छलफल गरेपछि यो निर्णय सार्वजनिक गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो निर्णयबाट निराश भएका फ्यानसँग उनले माफी माग्दै स्वास्थ्य समस्याका कारण यसलाई निरन्तरता दिन नसकेको बताएका छन्। उनी केही दिन अघिमात्रै अमेरिकामा उपचार गरेर फर्किएका थिए।

राजनीतिक पार्टी विघटन गरे पनि सामाजिक काम भने जारी राख्ने उनले बताएका छन्। रजनी फ्यान क्लब एसोसिएसन नामक संगठनले यो काम गर्नेछ।

प्रकाशित: Jul 13, 2021| 09:12 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।