शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनादेश त मेरै पक्षमा थियो, परमादेश शेरबहादुर देउवाको पक्षमा आयो : ओली

जनादेश त मेरै पक्षमा थियो, परमादेश शेरबहादुर देउवाको पक्षमा आयो : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै पनि आफू पदबाट हट्नुपरेको बताएका छन्।
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै पनि आफू पदबाट हट्नुपरेको बताएका छन्।

सि‌हदरबारबाट सम्बोधन गर्दै उनले भने, ‘जनादेश त मेरै पक्षमा थियो, तर सर्वोच्चको परमादेश शेरबहादुर देउवाको पक्षमा भयो, त्यसैले सरकार छाड्दैछु। सरकारबाट बाहिरिनुपरे पनि मलाई रत्तिभर दु:ख छैन। चार वर्षअघि पनि म यस्तै मध्य वर्षामा सरकारबाट बाहिरिएको थिएँ।’ उनले सरकारमा बस्दा आफूले गरेका कामप्रति सन्तुष्ट रहेको पनि बताए।

सर्वोच्चले सांसदलाई ह्विप नलाग्ने भनेर दलीय प्रणालीलाई नै चुनौती दिने काम गरेको उनले बताए। ‘एउटै दलका सांसद सत्तापक्ष र प्रतिपक्ष बन्ने भन्ने व्याख्या गम्भीर छ। अदालतको व्याख्यापछि राजनीतिक विकृति चुकाउनुपर्ने अवस्था आएको छ। अत्यधिक न्यायिक सक्रियतामार्फत प्रत्येक विषयमा हात हालेर मागै नभएका विषयमा पनि अगाडि बढेर न त गन्तव्यमा पुग्न सकिन्छ नत्र ठूलो भारी बोक्न नै सकिन्छ। वादी पक्षले माग दाबी नगरेकै विषयमा फैसला दिँदा जटिलता निम्त्याउँछ,’ उनले भने। 

अदालतको फैसलाका कारण सरकारबाट बाहिरिनुपर्यो भनेर यी प्रश्न नउठाएको उनले बताए। 
 

प्रकाशित: Jul 13, 2021| 08:56 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।