शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नवनियुक्त प्रधानमन्त्री देउवाको शपथ साँझ ६ बजे, मन्त्रीको टुंगो लागेको छैन

नवनियुक्त प्रधानमन्त्री देउवाको शपथ साँझ ६ बजे, मन्त्रीको टुंगो लागेको छैन

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज बेलुकी ६ बजे शपथ लिने भएका छन्। 
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज बेलुकी ६ बजे शपथ लिने भएका छन्। 

शपथका लागि राष्ट्रपति कार्यालयले आवश्यक तयारी गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। 
‘बेलुकी ६ बजे नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले शपथ गराउने तयारी छ। त्यसको सबै तयारी भइसकेको छ।’

सर्वोच्च अदालतको परमादेशपछि आज दिउँसो राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्री नियुक्त भएका हुन्।

नवनियुक्त प्रधानमन्त्री देउवा मन्त्रीमण्डल गठनका लागि छलफलमा छन्। आफ्नो निवासमा उनले दिउँसो माओवादी अध्यक्ष प्रचण्डलाई बोलाएका थिए। 

गठबन्धनका दलहरु माओवादी, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चाले सरकारमा सहभागी हुने व्यक्तिको नाम टुंगो लगाएका छैनन्। एमालेको माधव नेपाल समूहले भने सरकारमा सहभागी नहुने जनाइसकेको छ। देउवा स्वयंले पनि मन्त्रीको टुंगो लगाइसकेका छैनन्। 

देउवाले सक्षम व्यक्तिलाई मन्त्री बनाउने बताएका छन्। पार्टीका शीर्ष नेताहरुसँग उनले परिणाममुखी काम गर्नुपर्ने भएकाले सक्षम व्यक्तिलाई मन्त्री बनाउने बताएका हुन्।  

उनले नेताहरुसँग सक्षम व्यक्तिलाई सिफारिस गर्न आग्रहसमेत गरेका छन्। ‘म सहज परिस्थितिमा प्रधानमन्त्री बन्न लागेको छैन। काम गरेर देखानु छ। त्यसैले सक्षम व्यक्तिलाई सिफारिस गर्नुहोला,’ देउवाको भनाइ उदृत गर्दै एक नेताले भने।

गुट समूहका नाममा परिणाम दिन नसक्ने व्यक्तिलाई सिफारिस नगर्न उनले नेताहरुलाई भनेका छन्। उनले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासँग मन्त्रीको नाम टुंग्याउन छलफल गर्दै छन्।

प्रकाशित: Jul 13, 2021| 08:23 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।