शुक्रबार, भदौ ५, २०८३

सरकारमा जान केही दिन पर्खिने मनस्थितिमा जसपा

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ।
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ।

सर्वोच्च अदालतले सोमबार संसद् पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेपछि विकसित घटनाक्रमबारे छलफल गर्न जसपाको उपेन्द्र पक्षको बैठक बस्न लागेको हो। ‘हामी सरकारमा सहभागी हुने हो तर, आजै हुने सम्भावना न्यून छ,’ उनले भने, ‘पदाधिकारीको बैठक बसेपछि त्यसबारे थप निर्णय होला।’

आफ्नो पार्टीको सवालमा सरकारमा सहभागी हुने भन्ने कुरा दुईचार दिन ढिलो नै हुने देखिएको उनले बताए। कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा आजै सपथ गराउने राष्ट्रपति कार्यालयको तयारी छ। 

कांग्रेससहितको गठबन्धनमा जसपाको उपेन्द्र–बाबुराम पक्ष रहेको छ। उपेन्द्र–बाबुराम पक्षमा जसपाका १२ सांसद रहेका छन्। संसद पुनर्स्थापना भएकाले जसपाका अध्यक्ष महन्थ ठाकुरको पक्षमा लागेका केही सांसदहरु आफूतिर फर्किन सक्ने उपेन्द्र पक्षले अनुमान गरेको छ।

प्रकाशित: Jul 13, 2021| 07:30 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।