शुक्रबार, भदौ ५, २०८३

महान्यायाधिवक्ता बडालले राजीनामा दिए

महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएका हुन्। 
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं– महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएका हुन्। 

‘उहाँ (ओली) आजदेखि प्रधानमन्त्री रहनुभएन त्यसैले मैले राजीनामा दिएको हुँ,’उनले नेपाल समयसँग भने । तत्कालीन महान्यायाधिवक्ता अग्नि खरेलले २०७७ चैत ६ गते राजीनामा दिएपछि बडाल नियुक्त भएका थिए। 

बडालले पछिल्लो समय भएको प्रतिनिधिसभा विघटन र देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको विषयको पनि बचाउ गरेका थिए । यस पटकको बहसका क्रममा महान्यायाधीवक्ता बडालले संवैधानिक इजलासमा दीपककुमार कार्की र आनन्दमोहन भट्टराईलाई राखिएको विषयमा पनि प्रश्न उठाएका थिए। 

उनले यसपटक प्रतिनिधिसभा विघटनविरुद्ध गरेको बहसका क्रममा बोलेका विषय र शब्दहरु विवादित बनेका थिए।

प्रकाशित: Jul 13, 2021| 07:27 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।