काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण बैठक सरेको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए।
आज बस्ने भनिएको बैठक अब पर्सि बिहीबार बस्ने छ। मन्त्रिपरिषद् विस्तारलाई लिएर पार्टी, माओवादी र जसपासँगको छलफलमा व्यस्त हुनुपर्ने भएपछि देउवाले पदाधिकारी बैठक स्थगित गरेका हुन्।
नेपाली कांग्रेसमै सरकारमा को कोमन्त्री बन्ने भन्ने निर्णय गर्न बाँकी नै छ। अहिले देउवा आफ्नै निवासमा माओवादी अध्यक्ष प्रचण्डसँग छलफलमा छन्।