शुक्रबार, भदौ ५, २०८३

सरकारबारे सल्लाह गर्न प्रचण्ड देउवा निवासमा

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका छन्।
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं– नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका छन्।

सर्वोच्च अदालतको आदेशअनुसार आज मंगलबार प्रधानमन्त्री नियुक्त हुन लागेका देउवासँग मन्त्रीमण्डल गठनको विषयमा छलफल गर्न प्रचण्ड बूढानीलकण्ठ पुगेका हुन्। 

पेरिसडाँडामा स्थायी कमिटी बैठक सकेर प्रचण्ड सिधै देउवाकहाँ गएका हुन्। बैठकमा सरकारमा सहभागी हुने विषयमा छलफल भए पनि सरकारमा कसकसलाई पठाउने भन्ने निर्णय भएको थिएन।

स्थायी कमिटी सदस्यहरुको सुझावसहित उनी देउवालाई भेट्न निस्केका हुन्। देउवासँगको छलफलपछि माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने छ। आजको बैठकले अध्यक्ष प्रचण्डलाई नै यो जिम्मेवारी दिएको छ।

पहिलो चरणमा तीनजना मन्त्रीलाई मात्रै शपथ गराउने तयारी देउवाको छ। आज कांग्रेसबाट एक, माओवादीबाट एक र जसपाबाट एक जना मन्त्री बन्ने बताइएको छ।

राष्ट्रपति कार्यालयले हिजै देउवालाई मंगलबार शपथ हुने जानकारी गराइसकेको छ। यता आजै दिउँसो २ बजे कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। अदालतले मंगलबार ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भनी परमादेश जारी गरेको छ। 

प्रकाशित: Jul 13, 2021| 06:18 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।