शुक्रबार, भदौ ५, २०८३

माओवादीले सरकारमा पठाउने नाम टुंग्याउन सकेन

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेको छ।  पार्टीको स्थायी कमिटी बैठकमा यसबारे छलफल भएको हो। 
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेको छ। 
पार्टीको स्थायी कमिटी बैठकमा यसबारे छलफल भएको हो। 

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारमा सहभागितबारे छलफल भएको तर नाम भने टुंगो नलागेको बताए। कांग्रेस सभापति शेरबहादुर देउवासँग पार्टी अध्यक्ष प्रचण्डले छलफल गरेपछि मात्रै नाम टुंगो लगाइने उनले बताए।

भने, ‘कस्तो मन्त्रीमण्डल बनाउने, कति जनाको बनाउने, कुन कुन पार्टी सहभागी हुने भन्ने कुराको टुंगो लागेपछि नाम टुंगो लाग्छ।’ प्रचण्डले देउवासँग कुरा गरेपछि फेरि छलफल गरेर मन्त्रीको नाम टुंगो लाग्ने उनले बताए। 

सर्वोच्चको आदेशपछि कांग्रेस सभापति शेरबहादुर देउवा आज मंगलबार पाँचौंपटक प्रधानमन्त्री बन्दैछन्। आज राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेपछि देउवाले आजै साँझ केही मन्त्रीहरुसहित शपथ लिने तयारी गरेका छन्।

देउवाको गठबन्धन सरकारमा नेकपा माओवादी, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चा पनि सहभागी हुनेछ। गठबन्धनमा एमालेको माधव नेपाल समूह पनि छ। तर नेपालले आफूहरु सरकारमा सहभागी नहुने बताएका छन्।

गठबन्धनका दलहरुबीच मन्त्रालय भागवण्डाको टुंगो लगभग लागिसकेको बताइएको छ। यसअनुसार कांग्रेसले अर्थ, स्वास्थ्य लिनेछ भने माओवादीले गृह र जसपाले परराष्ट्र। 

माओवादीले गृह मन्त्रालय पाउने भएको छ। गृहमा जनार्दन शर्माको चर्चा छ। शर्मा पनि गृहमन्त्री भइसकेका व्यक्ति हुन्।

प्रकाशित: Jul 13, 2021| 05:57 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।