काठमाडौं– नेकपा (एमाले) को स्थायी कमिटी बैठक स्थगित भएको छ। अध्यक्ष केपी ओलीले आज दिउँसो १ बजेका लागि बोलाएको बैठक स्थगित भएको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
दिउँसो २ बजे देशबासीका नाममा सम्बोधन गर्ने तय भएपछि प्रधानमन्त्रीसमेत रहेका ओलीले बैठक स्थगित गरेका हुन्।
सर्वोच्च अदालतको आदेशअनुसार शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन्। देशबासीका नाममा सम्बोधन गरेर ओलीले बालुवाटार छाड्ने बताइएको छ।