शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेता नेपाललाई भेटेर कार्यदलले बुझायो सहमति प्रस्ताव

नेता नेपाललाई भेटेर कार्यदलले बुझायो सहमति प्रस्ताव

वरिष्ठ नेता नेपाललाई कार्यदलको प्रस्ताव बुझाउन कार्यदलका सदस्यहरू नेपाल निवास कोटेश्वर पुगेका छन्।
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं- वरिष्ठ नेता नेपाललाई कार्यदलको प्रस्ताव बुझाउन कार्यदलका सदस्यहरू नेपाल निवास कोटेश्वर पुगेका छन्। 

आइतबार राति भएको सहमति पत्र बुझाउन कार्यदलका सदस्य कोटेश्वर पुगेका हुन्। अहिले कार्यदलका सदस्य र नेता नेपालबीच छलफल भइरहेको छ। 

यसअघि सोमबार नेता भीम रावलले कार्यदलले गरेको सहमति पार्टी अध्यक्ष केपि शर्मा ओलीलाई बालुवाटारमा भेटेर बुझाएका थिए। यसैबिच पार्टी अध्यक्षले आज बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुने वा के गर्ने भन्ने विषयमा पनि नेपाल समूहले छलफल गर्दैछ। 

केही बेरपछि नेताहरूले छलफल गरेर बैठकमा सहभागी हुने नहुने बारे निर्णय गर्ने बताइएको छ।

प्रकाशित: Jul 13, 2021| 04:39 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।