शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसले अर्थ र स्वास्थ्य मन्त्रालय लिने, माओवादीलाई गृह र जसपालाई परराष्ट्र

कांग्रेसले अर्थ र स्वास्थ्य मन्त्रालय लिने, माओवादीलाई गृह र जसपालाई परराष्ट्र

सर्वोच्चको आदेशपछि कांग्रेस सभापति शेरबहादुर देउवा आज मंगलबार पाँचौंपटक प्रधानमन्त्री बन्दैछन्। 
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं– सर्वोच्चको आदेशपछि कांग्रेस सभापति शेरबहादुर देउवा आज मंगलबार पाँचौंपटक प्रधानमन्त्री बन्दैछन्। 

आज राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेपछि देउवाले आजै साँझ केही मन्त्रीहरुसहित शपथ लिने तयारी गरेका छन्।

देउवाको गठबन्धन सरकारमा नेकपा माओवादी, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चा पनि सहभागी हुनेछ। गठबन्धनमा एमालेको माधव नेपाल समूह पनि छ। तर नेपालले आफूहरु सरकारमा सहभागी नहुने बताएका छन्।

गठबन्धनका दलहरुबीच मन्त्रालय भागवण्डाको टुंगो लगभग लागिसकेको बताइएको छ। यसअनुसार कांग्रेसले अर्थ, स्वास्थ्य लिनेछ भने माओवादीले गृह र जसपाले परराष्ट्र। 

देउवाले अर्थको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्की वा बालकृष्ण खाँणलाई दिने तयारी गरेको कांग्रेस उच्च स्रोतले बताएको छ। कार्की यसअघि पनि अर्थमन्त्री बनिसकेका छन् भने खाण प्रतिनिधिसभाका मुख्य सचेतक हुन्। उनी देउवा निकट हुन्।

स्वास्थ्यमा गगन थापालाई ल्याउने तयारी छ। थापाले यसअघि पनि स्वास्थ्यमन्त्री भएका थिए र राम्रो काम गरेर चर्चा कमाएका थिए। 

उता, माओवादीले गृह मन्त्रालय पाउने भएको छ। गृहमा जनार्दन शर्माको चर्चा छ। शर्मा पनि गृहमन्त्री भइसकेका व्यक्ति हुन्।

परराष्ट्र जसपाको भागमा परेको छ। उपेन्द्र यादव परराष्ट्रमन्त्री बन्ने देखिएको छ। यद्यपि, जसपा छलफलकै क्रममा छ। सरकारमा सहभागी हुने र नाम दिने विषयमा सम्बन्धित दलहरुले औपचारिक निर्णय गर्न भने बाँकी नै छ । 

जसपाका तीन नेता उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राईको बैठक आज बिहान बस्दैछ। शीर्ष नेताको बैठकपछि उपलब्ध कार्यकारिणी समितिको बैठक बस्ने नेता इस्तियाक राईले जानकारी दिए।

प्रकाशित: Jul 13, 2021| 03:28 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।