शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव पक्षलाई कमल थापाको व्यंग्य- सेनापतिलाई हराएर २३ विद्रोही सेना घर फर्किएका छन्

माधव पक्षलाई कमल थापाको व्यंग्य- सेनापतिलाई हराएर २३ विद्रोही सेना घर फर्किएका छन्

राष्ट्रिय जनता पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहलाई व्यंग्य गर्दै लघुकथा लेखेका छन्।
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहलाई व्यंग्य गर्दै लघुकथा लेखेका छन्।

मंगलबार बिहानै राप्रपा अध्यक्ष थापाले सर्वोच्चको निर्णयले विद्रोही २३ सेना नाचिरहेको भन्दै नेपाल पक्षलाई व्यंग्य गर्दै सामाजिक सञ्जालमा लघुकथा लेखेका हुन्।

उनले लेखेका छन्, 'एकादेशमा एउटा देशको सेनापतिसँग २३ जना सेनानीहरू असन्तुष्ट भएछन्। ती असन्तुष्ट सेनानीहरू विदेशी फौजसँग मिल्न गए। अनि 'पंच भलादमी' समेतको सहयोग लिएर आफ्नो सेनापतिलाई पराजित गरेपछि विद्रोही सेनानीहरू 'जित्यौं, जित्यौं' भन्दै सगौरव घर फर्केछन्।'

प्रकाशित: Jul 13, 2021| 01:48 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।