आइतबार, चैत ८, २०८२

आजदेखि कोभिड–१९ विरुद्धको खोप लगाइँदै, कसले पाउने छन्?

कोरोनाविरुद्धको खोपको उपलब्धताको आधारमा आजदेखि देशभर खोप अभियान थालिएको छ
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं- कोरोनाविरुद्धको खोपको उपलब्धताको आधारमा आजदेखि देशभर खोप अभियान थालिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरोसेल र अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप लगाइने भएको छ।

National life

आजबाट ५५ वर्षभन्दा माथिका र जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५५ वर्ष उमेर समूहलाई लगाइने मन्त्रालयले जनाएको छ। 

भेरोसेल विश्वविद्यालयका प्राध्यापक, शिक्षक एवं कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक  र अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी रहेकालाई लगाइने छ। खोप अनिवार्य गरिएको देशमा जान लागेका नागरिकले पनि भेरोसेल खोप लगाउने पाउने छन्।

एक डोज लागए पुग्ने जोन्सन एन्ड जोन्सन खोप अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी एवं स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई लगाइने मन्त्रालयले जनाएको छ।

खोप लगाउन नजिकैको खोप केन्द्रमा जाँदा अनिवार्य रूपमा आफ्नो उमेर, पेशा अथवा शारीरिक अवस्था खुल्ने परिचय पत्र लिएर जानु पर्ने मन्त्रालयले जनाउको छ।

Laxmi sunrise bank
kumari

परिचयपत्र नभएको अवस्थामा स्थानीय तहबाट उमेर खुल्ने सिफारिस लिएर पनि खोप लगाउन सकिने छ।

प्रकाशित: Jul 13, 2021| 01:24 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्