शुक्रबार, भदौ ५, २०८३

एमाले स्थायी कमिटी बैठक बस्दै

एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ।
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं- एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ। प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि यस विषयमा छलफल गर्न दिउँसो १ बजे एमालेको स्थायी कमिटी बैठक बस्न लागेको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए

बैठकमा सरकारबाट बाहिरिने, सर्वोच्चको आदेशबारे समीक्षा गर्ने बताइएको छ। यस्तै एमालेको आन्तरिक विवादबारे पनि ठोस सहमतिको प्रयास बैठकले गर्ने छ।

सोमबारको स्थायी कमिटी बैठकमा एमाले विवाद समाधान कार्यदलका माधवकुमार नेपाल पक्षीय नेता भीमबहादुर रावलले कार्यदलको प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका थिए। दोस्रो तहका १० नेता सम्मिलित कार्यदलले विवाद समाधानका लागि आइतबार १० बुँदे सहमति सार्वजनिक गरेको थियो।

स्थायी कमिटी बैठक सकिएपछि केन्द्रीय कमिटी बैठक तय हुने तामाङले जानकारी दिए।

प्रकाशित: Jul 13, 2021| 01:10 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।