बिहीबार, भदौ ४, २०८३

बुटवलमा दीपावली 

सर्वोच्च अदालतको फैसलाको स्वागतमा विपक्षी गठबन्धनले सोमबार साँझ बुटवलमा दीपावली गरेको छ।
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

बुटवल– सर्वोच्च अदालतको फैसलाको स्वागतमा विपक्षी गठबन्धनले सोमबार साँझ बुटवलमा दीपावली गरेको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले न्यायालयले संविधान र लोकतन्त्र बचाएको भन्दै दीपावली गरेका हुन्। दीप प्रज्वलन गर्दै दलहरुले सर्वोच्च अदालतले गलत काम गर्ने केपी ओली प्रवृत्तिको अवशान गराएको बताए।

दीपावली लगत्तै आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले लोकतन्त्रको जामा लगाएर संविधान निमोठ्न खोज्ने प्रधानमन्त्री ओलीको टाउको भाँचिएको टिप्पणी गरे। उनले भने, ‘अब केपी ओलीको ढाड भाँचिन बाँकी छ।’

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा सांसद डिल्लि चौधरीले सर्वोच्चले गरेको फैसला ऐतिहासिक भएको भन्दै अब संविधान विपरित कसैले कदम चाल्न नसक्ने बताए। जनता समाजवादी पार्टीका नेता यज्ञ पोखरेलले राष्ट्रपतीले नैतिकताको आधारमा राजीनामा दिन माग गरे।

प्रकाशित: Jul 12, 2021| 15:35 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।