शुक्रबार, भदौ ५, २०८३

प्राकृतिक विपद्‍बाट एक महिनामा ५९ को मृत्यु

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता ५९ जनाको मृत्यु भएको छ। 
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता ५९ जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमध्ये ३१ पुरुष, १७ महिला र ११ बालबालिका छन्। उनीहरु सिन्धुपाल्चोक र तनहुँका पाँच/पाँच, डोटी, पाल्पा र गोरखाका चार/चार, रोल्पा, दाङ, दार्चुलाका तीन/तीन, खोटाङ, पाँचथर, रौतहट, सप्तरी, चितवन, धादिङ, सिन्धुली, म्याग्दी र प्यूठानका दुई/दुई र ललितपुर, सर्लाही, काभ्रे, मकवानपुर, कास्की, अर्घाखाँची, जुम्ला, कालीकोट, बझाङ र बाजुराका एक/एकजना छन्। 

पछिल्लो २४ घण्टामा खोटाङ र सिन्धुलीमा दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढी, पहिरो र डुबानमा परी उक्त अवधिमा ७३ जना घाइते भएका छन्। अन्य २७ जना बेपत्ता भएका छन्। तीमध्ये १७ पुरुष, ६ महिला, तीन बालक र एकजना बालिका रहेका छन्। 

बाढीपहिरोमा परेका एक हजार २६८ जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ। बाढीका कारण एक हजार ५१६ वटा घर डुबानमा परेका छन्। कूल ५८३ घर, १०७ गोठ, ४३ पुल, तीन विद्यालय र १३ सरकारी कार्यालयमा क्षति पुगेको छ। यस अवधिमा ६०० विपद्का घटनाबाट एक हजार १७६ परिवारका पाँच हजार ४९५ मानिस विस्थापित भएका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। रासस

प्रकाशित: Jul 12, 2021| 15:07 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।