शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवा र प्रचण्डलाई माधव नेपालले भने- अब म विपक्षी गठबन्धनमा रहिनँ

देउवा र प्रचण्डलाई माधव नेपालले भने- अब म विपक्षी गठबन्धनमा रहिनँ

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले विपक्षी गठबन्धनका नेताहरुलाई आफू अब गठबन्धनमा नरहेको जानकारी गराएका छन्।
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले विपक्षी गठबन्धनका नेताहरुलाई आफू अब गठबन्धनमा नरहेको जानकारी गराएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतको कोटेश्वरमा बसेको बैठकमा नेता नेपालले आफू अब विपक्षी गठबन्धनमा नरहेको जानकारी गराएका हुन्।

उनले संविधानको रक्षा, लोकतन्त्र र गणतन्त्रको पक्षमा आफू यसअघि विपक्षी गठबन्धनमा रहेको भन्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेसँगै त्यो उपलब्धी हाँसिल भएकाले अब गठबन्धनमा नरहने जानकारी गराएका हुन्।

साथै नेता नेपालले नेकपा एमालेमा जारी विवाद अन्त्यका लागि कार्यदलले तयार गरको सहमतिको दस्ताबेजअनुसार अब  एमालेमै रहेर पार्टी एक बनाउने प्रक्रियामा लाग्ने बताएका थिए।

बैठकमा सहभागी एक नेताका अनुसार नेता नेपालले सर्वोच्च अदालतको परमादेशअनुसार प्रधानमन्त्री बन्न लागेका कांग्रेस सभापति देउवालाई सफल कार्यकालको शुभकामनासमेत दिए।

उनले देउवालाई संविधान, लोकतन्त्र, संघीयता रक्षाका लागि दृढ भएर लाग्न सुझाव दिादै लोकतन्त्रको लडाइँमा आफ्नो साथ रहने आश्वासन समेत दिएका छन्।

प्रकाशित: Jul 12, 2021| 13:55 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।