शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चको फैसलालाई स्वागत गर्दै जनकपुरधाममा दीप प्रज्ज्वलन

सर्वोच्चको फैसलालाई स्वागत गर्दै जनकपुरधाममा दीप प्रज्ज्वलन

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला आएसँगै जनकपुरधाममा विपक्षी गठबन्धनले विजयी जुलुस निकालेको छ।
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

जनकपुरधाम- प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला आएसँगै जनकपुरधाममा विपक्षी गठबन्धनले दीप प्रज्ज्वलनसहित विजयी जुलुस निकालेको छ।

अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि संयुक्त विद्यार्थी संगठनको अगुवाईमा आइतबार जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको जुलुसले नगर परिक्रमा गरेको छ।

संयुक्त विद्यार्थी संगठनले रेल्वे स्टेशनबाट जुलुस निकालेर भानुचोक, शिवचोक, जनकचोक, रामचोक, सोनरपट्टी, जानकीचोक हुदैँ पुनः जनक चोकमा पुगेर कोणसभा गरेका छन्। 

अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनसमेत गरेको फैसलाको भव्यतापूर्वक स्वागत गरिएको हो। जुलुस प्रदर्शनका क्रममा अखिल क्रान्तिकारी धनुषा, अनेरास्ववियू धनुषा, नेविसंघ र समाजवादी विद्यार्थी यूनियन लगायतका संंगठनका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो।

प्रकाशित: Jul 12, 2021| 13:28 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।