काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन्। प्रतिनिधि सभा विघटनलाई बदर गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि पौडेलले देउवालाई बधाई ज्ञापन गरेका हुन्।
'सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद। मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई,' उनले लेखेका छन्। यस्तै उनले संविधान रक्षा गर्ने आफूहरूको अभियान सफल भएको समेत प्रतिक्रिया दिएका छन्। 'संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ,' उनले भनेका छन्।