काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसलाविरुद्ध सडक आन्दोलनको चेतावनी दिएका छन्।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने फैसलाको विरोधमा माइतीघर मण्डलामा जम्मा भएका कार्यकर्तालाई सम्बोधन गर्दै युवा संघका इन्चार्जसमेत रहेका बस्नेले सर्वोच्च अदालतको फैसला राष्ट्रघाती भएको भन्दै यसविरुद्ध निरन्तर आनदोलनको चेतावनी दिए।
फैसला आउनासाथ फेसबुकबाट विरोध प्रदर्शनका लागि उक्साएका उनले आजै दिउँसो ४ बजे वृहत विरोध प्रदर्शनको घोषणा गरेका छन्।
बस्नेले अपराह्न ४ बजे माइतीघर मण्डलाबाट बानेश्वरसम्म विशाल प्रदर्शन हुने भन्दै युवा संघ तथा अनेरास्ववियुका कार्यकर्तालाई प्रदर्शनमा सहभागी बन्न निर्देशन दिएका छन्।
दलालहरु मिलेर यस्तो फैसला गरेको भन्दै अब युवा संघले यस्ता तत्वलाई तह लगाउने जिकिर गरे।