शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको छ : कांग्रेस 

अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको छ : कांग्रेस 

प्रतिनिधिसभा विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्ने सर्वोच्च अदालतको फैसलालाई कांग्रेसले स्वागत गरेको छ।
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं– प्रतिनिधिसभा विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्ने सर्वोच्च अदालतको फैसलालाई कांग्रेसले स्वागत गरेको छ। कांग्रेस नेता तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले अदालतको फैसला स्वागतयोग्य रहेको बताए।  

‘हाम्रो संविधानले कानुन बनाउने अधिकार व्यवस्थापिकालाई, कार्यान्वयन र पालना गराउने अधिकार कार्यपालिकालाई र संविधानको व्याख्या गर्ने अधिकार न्यायपालिकालाई छ। त्यसैले सर्वोच्चको संवैधानिक इजलासले गरेको फैसला स्वागतयोग्य छ,’ उनले भने, ‘यो फैसलाले संविधान र लोकतान्त्रिक पद्धतिको रक्षा गरेको छ। यसले मुलुकलाई अघि बढाउनेछ।’

‘फैसलाले बहुमतको सम्मान गरेको छ। निकास पनि निकालेको छ। यसले जनप्रतिनिधिमूलक संस्थालाई थप सबल बनाउनेछ।’

उनले सर्वोच्चले राष्ट्रपतिको गलत कदम सच्चाएको टिप्पणी गरे। बुहमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी गरेका देउवालाई नियुक्त नगरी सदन विघटन गर्ने राष्ट्रपतिको कदम सही नभएकाले अदालतले त्यसलाई सच्चाइदिएको खाँडको टिप्पणी छ।

‘राष्ट्रपतिले संविधानको ७६ ९५० अनुसार सरकार गठनको आह्वान गरेसँगै हामीले प्रतिधिसभाकाका १४९ जना सांसदको दस्तखतसहितको पत्र बुझाएका थियौं। पत्र दर्ता भएपछि देउवालाई नियुक्त गर्नुपर्नेमा दावी पुगेन भनेर सदन विघटन गर्ने राष्ट्रपतिको कदम उचित थिएन,’ उनले भने, ‘फैसलाले बहुमतको सम्मान गरेको छ। निकास पनि निकालेको छ। यसले जनप्रतिनिधिमूलक संस्थालाई थप सबल बनाउनेछ।’

प्रकाशित: Jul 12, 2021| 08:13 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।