शुक्रबार, भदौ ५, २०८३

ओलीको संसद् विघटन गर्ने दोस्रो प्रयास विफल

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधामन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गरिदिएको छ।
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधामन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गरिदिएको छ। योसँगै प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको दोस्रो प्रयास पनि विफल भएको छ। ओलीले यसअघि २०७७ पुस ५ मा पनि प्रतिनिधिसभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक ठहर गर्दै सर्वोच्चले २०७७ फागुन ११ मा प्रतिनिधिसभा ब्युँताइदिएको थियो।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्। त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषद्को बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए।

प्रतिनिधिसभा पुनः पनाको माग राख्दै कांग्रेस सभापति शेरबहादुर देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। उक्त रिटमाथिको सुनुवाइ गर्दै ओलीको उक्त कदमलाई पनि सर्वोच्च अदालतले बदर गरिदिएको छ।
 

प्रकाशित: Jul 12, 2021| 07:55 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।