आइतबार, साउन १७, २०८३

१५ लाख डोज अमेरिकी खोप नेपाल आइपुग्यो

एक मात्रा मात्रै लगाए पुग्ने कोरोनाविरुद्धको अमेरिकी खोप नेपाल ल्याइएको छ।
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं- एक मात्रा मात्रै लगाए पुग्ने कोरोनाविरुद्धको अमेरिकी खोप नेपाल ल्याइएको छ। खोप कतार एयरबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो। 

अमेरीकाले जोनसन एण्ड जोनसनको १५ लाख ३४ हजार ८५० डोज जेनसेन खोप नेपाललाई दिएको हो। 

सो खोप स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले हस्तान्तरण गरेका हुन्। 

उक्त खोप कसलाई र कुन उमेर समूहलाई लगाउने भन्ने विषय टुंगो लागिसकेको छैन। 

यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ। नेपालमा हालसम्म कोभिशिल्ड र भेरोसिल खोपको प्रयोग भइरहेकोमा अबदेखि अर्को नयाँ खोप थपिएको हो।

प्रकाशित: Jul 12, 2021| 04:56 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्