काठमाडौं– एमाले महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलका सदस्यहरूलाई धन्यवाद दिएका छन्। उनले पार्टीको आन्तरिक एकताका लागि १० बुँदे सहमति तयार गरेकोमा कार्यदलका सदस्यहरुलाई धन्यवाद दिएका हुन्।
महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेको आन्तरिक जीवनमा यो अत्यन्तै सुखद छ। अब हामीले पार्टी र संगठनलाई मजबुत बनाउँदै पार्टीलाई नयाँ शिराबाट उठाउन जरुरी छ।’ उनले एमाले एकताबद्ध रूपमा देश र जनताको समस्या समाधान गर्न केन्द्रित रहने पनि बताएका छन्। कार्यदलले आइतबार पार्टी एकताका लागि १० बुँदे सहमति गरेको छ।