काठमाडौं– सत्तारुढ नेकपा एमालेको कार्यदलमा पार्टी संरचनामा २०७५ जेठ २ गतेको अवस्थामा फर्किने भएको छ। विवाद समाधानका लागि गठित कार्यदलले पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरु नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरु मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुने सहमति जुटाएको हो।
अब एमाले २४१ सदस्यीय केन्द्रीय कमिटी कायम हुनेछ। एमालेको २०७१ सालमा भएको नवौं महाधिवेशनले १८२ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो। उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि एमाले केन्द्रीय कमिटी १८१ सदस्यीय कायम भयो। २०७३ फागुन २० मा २१ जना थप गरी केन्द्रीय कमिटी २ सय २ सदस्यीय बनाइयो। २०७५ जेठ ३ को एमाले र माओवादी केन्द्रको एकीकरणपूर्व पुनः थपेर २ सय ४१ सदस्यीय बनाइएको थियो।
नेकपाको विभाजनपछि एमालेमै रहेका पूर्वमाओवादी नेताहरुले पूर्ववत् जिम्मेवारी पाउने भएका छन्। नेकपामा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहेका नेताहरुलाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको सहमतिमा उल्लेख छ। अन्य नेताहरुलाई नेकपामा रहँदा सरहको कमिटीमा संगठित गरिने कार्यदलको सहमतिमा उल्लेख छ।
एकतापछि विष्णु रिमाल, रघुजी पन्त, बेदुराम भुसाल र रघुवीर महासेठलाई स्थायी कमिटीमा थप गरिएको छ। सर्वोच्च अदालतले २०७७ फागुन २३ मा एकता भंग गरेपछि फागुन २८ मा माओवादी केन्द्रबाट आएका २३ जना थप केन्द्रीय कमिटीमा थपिएको थियो।
एमाले र माओवादी केन्द्र ब्युँतिएपछि फागुन २८ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले दसौँ महाधिवेशन आयोजक कमिटी बनाएका थिए। माधवकुमार नेपाल पक्षले पार्टीको सबै संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काउन माग गर्दै आएका थिए।
नेकपाको विभाजनपछि एमालेमै रहेका पूर्वमाओवादी नेताहरुले पूर्ववत् जिम्मेवारी पाउने भएका छन्। नेकपामा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहेका नेताहरुलाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको सहमतिमा उल्लेख छ। अन्य नेताहरुलाई नेकपामा रहँदा सरहको कमिटीमा संगठित गरिने कार्यदलको सहमतिमा उल्लेख छ।
२०७५ जेठ २ काे संरचना–
पदाधिकारी
अध्यक्ष – केपी शर्मा ओली
वरिष्ठ नेता– झलनाथ खनाल
वरिष्ठ नेता– माधवकुमार नेपाल
उपाध्यक्ष– वामदेव गौतम
उपाध्यक्ष– भीम रावल
उपाध्यक्ष– युवराज ज्ञवाली
उपाध्यक्ष– अष्टलक्ष्मी शाक्य
महासचिव– ईश्वर पोखरेल
उपमहासचिव– बिष्णु पौडेल
उपमहासचिव– घनश्याम भुसाल
सचिव– प्रदीप ज्ञवाली
सचिव– पृथ्वीसुब्बा गुरुङ
सचिव– भीम आचार्य
सचिव– गोकर्ण विष्ट
सचिव– योगेश भट्टराई
स्थायी कमिटी सदस्य
सुवास नेम्वाङ
शंकर पोखरेल
सुरेन्द्र पाण्डे
मुकुन्द न्यौपाने
सत्यनारायण मण्डल
छबिलाल विश्वकर्मा
किरण गुरुङ
जेठ २ पछि थपिएका
रघुवीर महासेठ
विष्णु रिमाल
रघुजी पन्त
बेदुराम भुसाल
पदेन सदस्य
अमृत बोहोरा
पुष्प कँडेल
केशव बडाल