शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अदालतलाई प्रभावित गर्ने भाषा मान्य हुँदैन, हस्ताक्षर फिर्ता लिँदैनौं : माधव नेपाल 

अदालतलाई प्रभावित गर्ने भाषा मान्य हुँदैन, हस्ताक्षर फिर्ता लिँदैनौं : माधव नेपाल 

यता ओली पक्षले भने अदालतमा पेस भएको हस्ताक्षरलाई सहमतिको बटमलाइन बनाएको छ। नेपाल पक्षले अदालतमा पेस भएको हस्ताक्षर फिर्ता नगरेसम्म सहमति हुन नसक्ने ओली पक्षका नेताहरूको भनाइ छ। 
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा दायर रिटमा गरिएको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन्। आइतबार आफ्नै निवास कोटेश्वरमा भएको छलफल कार्यक्रममा नेपालले यस्तो बताएका हुन्। यस्तै उनले पार्टी एकताका लागि हुने सहमतिमा न्यायालयलाई प्रभावित गर्ने भाषा मान्य नहुने पनि बताए।

'अदालतमा पेस भएको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता हुँदैन। अदालतलाई प्रभावित पार्ने गरी कुनै पनि विषयमा सहमति हुन सक्दैन,' नेपाललाई उद्धृत गर्दै छलफलमा सहभागी नेता झपट रावलले भने।

यता ओली पक्षले भने अदालतमा पेस भएको हस्ताक्षरलाई सहमतिको बटमलाइन बनाएको छ। नेपाल पक्षले अदालतमा पेस भएको हस्ताक्षर फिर्ता नगरेसम्म सहमति हुन नसक्ने ओली पक्षका नेताहरूको भनाइ छ। 

नेपाल पक्षका २३ जना सांसदले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नका लागि परमादेश जारी गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सोमबार फैसला गर्ने तयारी गरेको छ। 

प्रकाशित: Jul 11, 2021| 15:23 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।