शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सञ्चार विधेयक पुनर्लेखनको माग गर्दै प्रदेशसभा अघि धर्ना

सञ्चार विधेयक पुनर्लेखनको माग गर्दै प्रदेशसभा अघि धर्ना

सरकारले विधेयक फिर्ता गर्न चासो नदिएको भन्दै दवाव दिन महासंघ लुम्बिनीले प्रदेशसभाअघि कालो ब्यानरसहित धर्ना दिएको हो। आइतबार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म धर्ना दिइएको थियो। 
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

बुटवल- नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक फिर्ता गरी पुनर्लेखनको माग गर्दै प्रदेशसभा अगाडि धर्ना दिएको छ। मिडियालाई अकुंश लगाउने प्रावधान सहितको विधेयक संसदमा दर्ता गरेको भन्दै फिर्ता गरि पुनर्लेखनको माग गर्दै महासंघ आन्दोलनमा उत्रेको छ।

सरकारले विधेयक फिर्ता गर्न चासो नदिएको भन्दै दवाव दिन महासंघ लुम्बिनीले प्रदेशसभाअघि कालो ब्यानरसहित धर्ना दिएको हो।  आइतबार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म धर्ना दिइएको थियो। 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले विधेयक फिर्ता गरेर मिडियामैत्री विधेयक बनाउन माग गरे। उनले विधेयकले मिडिया र मिडियाकर्मीलाई जेल हाल्नेसम्मको प्रावधान राखेकाले तुरुन्तै फिर्ता लिएर सच्चाउन आग्रह गरे।

पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले पञ्चायतकालभन्दा पनि पछाडि फर्केर कानुन निर्माण भएकाले फिर्ता लिन सरकारको ध्यानार्कषण गरे। ‘हामी आन्दोलनमा उत्रेका छौं, सरकारले हाम्रो सुनोस् अन्यथा हामी कडा आन्दोलनमा उत्रन्छौं,’ उनले भने।

कार्यक्रममा महासंघका महासचिव विक्रम खड्का, महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेललगायतले मिडिया विधेयक नसच्चाए कडा आन्दोलन गर्ने बताएका थिए। 

प्रकाशित: Jul 11, 2021| 12:51 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।