शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चोरबाटोबाट एआईजी बनाइएका थापालाई दर्ज्यानी चिन्ह प्रदान

चोरबाटोबाट एआईजी बनाइएका थापालाई दर्ज्यानी चिन्ह प्रदान

प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा  एआईजीको दरबन्दी थपी थापालाई उक्त पदको जिम्मेवारी दिइएको हो। एआईजीको दरबन्दी थपेर हतारमा बढुवा गरिनुले सहकुल थापालाई आगामी प्रहरी संगठनको नेतृत्वमा ल्याउन चलखेल भएको नेपाल प्रहरीका उच्च अधिकारी बताउँछन्। 
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं- चोरबाटोबाट एआईजी बनाइएका सहकुलबहादुर थापालाई अतिरिक्त प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। असार २४ गते मन्त्रिपरिषद्ले चोरबाटोबाट अतिरिक्त प्रहरी महानिरीक्षक पदमा पदोन्नति गिएका थापालाई महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। 

दर्ज्यानी चिन्ह ग्रहण गरेपछि थापाले प्राप्त जिम्मेवारीलाई मन, वचन र कर्मका साथ संगठनको उद्देश्य प्राप्तीका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा  एआईजीको दरबन्दी थपी थापालाई उक्त पदको जिम्मेवारी दिइएको हो। एआईजीको दरबन्दी थपेर हतारमा बढुवा गरिनुले सहकुल थापालाई आगामी प्रहरी संगठनको नेतृत्वमा ल्याउन चलखेल भएको नेपाल प्रहरीका उच्च अधिकारी बताउँछन्। 

‘डीआईजी सहकुल थापालाई नै भावी प्रहरी महानिरीक्षक बनाउन दरबन्दी थप्ने निर्णय भएको हो। त्यसैअनुसार बढुवा गरियो,’ प्रहरी उच्च स्रोतले भनेको छ। 

सम्बन्धित समाचार:
प्रहरीमा सत्ताको हस्तक्षेप, सहकुललाई नेतृत्वमा ल्याउन चोर बाटोबाट एआईजीको दरबन्दी थपेर बढुवा सिफारिस

प्रकाशित: Jul 11, 2021| 12:41 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।