शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजपा र समाजवादी पार्टीको एकीकरण बदर गर्न मागसहित सर्वोच्चमा रिट

राजपा र समाजवादी पार्टीको एकीकरण बदर गर्न मागसहित सर्वोच्चमा रिट

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी नेपालबीच भएको एकीकरण बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। 
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं– तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी नेपालबीच भएको एकीकरण बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। 

उक्त एकीकरण त्रुटीपूर्ण, कपटपर्ण र संविधान तथा कानुनविपरीत भएको भन्दै उत्प्रेषणको आदेशबाट बदर गर्न मागसहित सर्वोच्चमा रिट दायर भएको हो।

राजपाका तत्कालीन उपाध्यक्ष राजकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रले दायर गरेको रिटमा जसपा एकीकरण खारेज गरी साविकको राजपा र समाजवादी पार्टी कायम गर्न–गराउन परमादेश माग गरिएको छ।

मुद्दाको अन्तिम टुंगो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर तथा अन्य सबै कामकारवाही यथास्थितिमा राख्न तथा राजनीतिक गतिविधिको सिलसिलामा हुने कुनै पनि निर्णयलाई रोक्नका लागि मुद्दालाई अग्राधिकार दिन पनि माग गरिएको छ।


राजपा र समाजवादी पार्टी एकीकरणका बेला कुनै पनि संवैधानिक र कानुनी प्रक्रिया पूरा नभएको र कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य भनिएकोमा त्योसमेत नभएको जिकिर रिटमा गरिएको छ। रिटमा निर्वाचन आयोग र जसपालाई विपक्षी बनाइएको छ।

प्रकाशित: Jul 11, 2021| 12:42 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।