काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेको विवाद समाधान समितिका सदस्य घनश्याम भुसाल एमाले वरिष्ठ नेता माधव नेपालसँग छलफल गरी पुनः बैठकमा सहभागी भएका छन्। नेता नेपालसँग करिब एक घण्टा छलफल गरी बैठकमा सहभागी हुन नेता भुसाल सिंहदरवार पुगेका हुन्।
कार्यदलले आइतबारै समाधान निकाल्ने अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षका नेताहरूले बताउँदै आएका छन्। ओली पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले आइतबार बिहान ८ बजे नै एमाले विवाद समाधानबारे सुखद् समाचार सुन्न पाउने बताएका थिए। तर अझसम्म पनि समितिले समाधानको निर्क्योल गर्न सकेको छैन।
७ घण्टादेखि अर्थ मन्त्रालयमा कार्यदल बैठक जारी छ।