शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादी केन्द्र खारेजीको माग गर्दै दर्ता निवेदन आयोगद्वारा खारेज

माओवादी केन्द्र खारेजीको माग गर्दै दर्ता निवेदन आयोगद्वारा खारेज

नेकपा माओवादी केन्द्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा दर्ता भएको निवेदन खारेज भएको छ।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा दर्ता भएको निवेदन खारेज भएको छ।

माओवादी पार्टी अवैधानिक भएको भन्दै केही दिनअघि निर्वाचन आयोगमा निवेदन परेको थियो।

माओवादी केन्द्र छोडेर नेकपा एमालेमा गएका नेता रामबहादुर थापा, प्रभु साह, टोपबहादुर रायमाझीलगायतको योजनामा अधिवक्ता सरोज बुढाथोकीले माओवादी केन्द्र पार्टी खारेजीको माग गर्दै आयोगमा निवेदन दर्ता गराएका थिए।

पार्टीले लामो समयसम्म महाधिवेशन नगरेको, पटक एकीकरणको नाममा महाधिवेशन टारेको, अवैध रुपमा नाम परिवर्तन गरेको लगायतका आरोपहरु सहित आयोगमा निवेदन दर्ता गरिएको थियो।

आइतबार बसेको निर्वाचन आयोगको बैठकले निवेदकले पेश गरेअनुसार दाबी नपुगेको ठहर गरेको छ। आयाेगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निवेदक पक्षबाट निवेदनअनुसारकाे दाबी नपुगेपछि निवेदन खारेज गरिएकाे हाे।

प्रकाशित: Jul 11, 2021| 12:17 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।