शुक्रबार, भदौ ५, २०८३

युरोकपको फाइनल आज, यी खेलाडीमा छ नजर

युरोकप २०२० को आज आइतबार राति फाइनल खेल हुँदैछ। इंल्यान्डको वेम्बली रंगशालामा हुने खेलमा उपाधिका लागि इंग्ल्यान्ड र इटाली भिड्दैछन्।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं– युरोकप २०२० को आज आइतबार राति फाइनल खेल हुँदैछ। इंल्यान्डको वेम्बली रंगशालामा हुने खेलमा उपाधिका लागि इंग्ल्यान्ड र इटाली भिड्दैछन्।

जारी युरोकपमा दुवै टिमका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि नै दुवै टिम फाइनलसम्म पुगेका हुन्। यद्यपि आज आइतबार राति फाइनलमा इटाली र इंग्ल्यान्ड भिड्दा दुवै टिमका केही महत्त्वपूर्ण खेलाडी दर्शकको नजरमा पर्नेछन्।

स्टार खेलाडीले भरिएको इंग्ल्यान्ड र उत्कृष्ट टिम गेम खेलिरहेको इटालीबीचका केही खेलाडीले खेललाई थप रोमाञ्चक बनाउन सक्नेछन्। इंग्ल्यान्डको टिमबाट खेलिरहेका रहिम स्टार्लिङ, ह्यारी केन, ह्यारी मग्वायर र जोर्डन हेन्डरसनले गोलसमेत गरेका छन्। त्यसमा पनि केन र स्टार्लिङले समान ३–३ गोल गरेका छन्। त्यसैले डिफेन्डर मग्वायरसहित केन र स्टार्लिङ खेलको केन्द्रमा रहनेछन्।

सुरुआती तीन खेलमा गोल गर्न नसकेका केनले पछिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनी इंग्ल्यान्डका कप्तानसमेत हुन्। यता इटालीका फ्रेडरिको किएजा र सिरो इमोबिलेले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। त्यसबाहेक लोरेन्जो इन्सिनेले पनि जारी प्रतियोगितामा इटालीको केन्द्रमा रहेर प्रदर्शन गरिरहेका छन्।

खेलाडीबाहेक फाइनलमा दुवै टिमको प्रशिक्षकको रणनीति पनि हेर्न लायकको रहनेछ। इटालीको डिफेन्समा जोजियो किलिनी र लियोनार्दो बोनुचीको बचाउ पनि दर्शकलाई हेर्नलायक रहनेछ।
 

प्रकाशित: Jul 11, 2021| 12:03 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।