आइतबार, जेठ ३, २०८३

बेल्जियममा एकै महिलामा दुई भेरियन्ट पुष्टि

बेल्जियममा एक महिलामा कोरोना भाइरसका दुई भेरियन्ट रहेको पुष्टि भएको छ।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं- बेल्जियममा एक महिलामा कोरोना भाइरसका दुई भेरियन्ट रहेको पुष्टि भएको छ।

National life

बेल्जियमकी ९० वर्षीया महिलामा दुई प्रकारका भेरियन्ट देखिएको पाँच दिनमा मृत्यु भएको छ।

कोरोना भाइरसविरुद्धको खोप नलगाएकी ती महिलालाई मार्चमा बेल्जियमको ओएल्बी अस्पताल भर्ना गरिएको थियो।

सुरुमा ती महिलाको स्वास्थ्य अवस्था र अक्सिजनको लेवल राम्रै भए पनि विस्तारै खस्सिकदै गएको थियो। र, पाचौं दिनमा मृत्यु भएको थियो।

कोरोना परीक्षण गरेपछि ती महिलामा अल्फा र बिटा दुवै भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो।

एकै महिलामा दुई प्रकारका भेरियन्ट देखिएपछि अस्पतालका बायोलोजिस्ट डा. मालिक्युलरले दुईभन्दा बढी व्यक्तिबाट संक्रमण सरेको हुनसक्ने बताएका छन्।

तर, ती महिलामा कसरि संक्रमण भयो भन्ने कुराको अहिलेसम्म्म पत्ता लाग्न सकेको छैन।

अहिलेसम्म यस्तो प्रकारका केस फेला नपरेको भन्दै चिकित्सकहरूले भाइरसलाई गम्भीरताका साथ नलिएको र लापरबाही गरिएको जनाएका छन्।
ती महिलाको स्वाब युरोपीयन कांग्रेस अफ क्लिनिकल माइक्रोबायोलोजी एन्ड इन्फेक्सन डिजिजमा पठाएको छ।

प्रकाशित: Jul 11, 2021| 08:08 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्