बुधबार, असार २४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • इंग्ल्यान्डको जितका लागि बेलायती महारानीले प्रशिक्षक साउथगेटीलाई पठाइन शुभकामना

इंग्ल्यान्डको जितका लागि बेलायती महारानीले प्रशिक्षक साउथगेटीलाई पठाइन शुभकामना

युरोकप फाइनलमा आज राति लन्डनको वेम्बली रंगशालमा इंग्ल्यान्डले इटालीको सामना गर्दैछ।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं– युरोकप फाइनलमा आज राति लन्डनको वेम्बली रंगशालमा इंग्ल्यान्डले इटालीको सामना गर्दैछ।

राति पौने १ बजेबाट सुरु हुने खेलमा जितका लागि बेलायति महारानी एलिजाबेथ द्वितियले प्रशिक्षक ग्यारेथ साउथगेटीलाई शुभकामना दिएका छन्। उनले फाइनल खेलको एक दिनअघि हिजो (शनिबार) प्रशिक्षक साउथगेटीलाई शुभकामना दिएका हुन्।

‘मैले ५५ वर्षअघि मैले कप्तान बब्बी मोरेलाई विश्वकपमा प्रस्तुत गर्न सफल भएको थिएँ। यसले, खेलाडी, व्यवस्थापक र सहयोगीहरू सबैलाई विश्वकप जित्न हौषला प्रदान गरेको थियो,’ स्न १९६६ को विश्वकप सम्झँदै महारानी एलिजावेथले लेखेकी छन्।

‘युरोपियन च्याम्पियनसिपको फाइनलमा पुग्न सफल भएकोमा म हाम्रो फुटबल परिवार लाई शुभकामना दिँदैछु। र फाइनलका लागि थप शुभकामना प्रदान गरेको छु,’ उनले पत्रमा लेखेकी छन्, ‘यो इतिहास एउटा प्रशिक्षकको सफलता मात्र होइन देशका लागि भावना, प्रतिबद्धता र गर्वको कुरा पनि हो।’

१९९६ पछि पहिलोपटक सेमिफाइनलमा पुगेको इंग्ल्यान्ड मुख्य प्रतियोगितामा ५५ वर्षपछि पहिलोपटक फाइनल पुगेको छ।

प्रकाशित: Jul 11, 2021| 08:03 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।