शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्व सरकारमाथि दोष लगाउँदै गण्डकी सरकारले जारी गर्‍यो ८५ बुँदे श्वेतपत्र 

पूर्व सरकारमाथि दोष लगाउँदै गण्डकी सरकारले जारी गर्‍यो ८५ बुँदे श्वेतपत्र 

गण्डकी प्रदेश सरकारले ८५ बुँदे श्वेतपत्र जारी गरेको छ। प्रदेश सभामा योजनाको रातो किताब सार्वजनिक हुनुअघि सरकारले श्वेतपत्र जारी गरेको हो। 
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

पोखरा- गण्डकी प्रदेश सरकारले ८५ बुँदे श्वेतपत्र जारी गरेको छ। प्रदेश सभामा योजनाको रातो किताब सार्वजनिक हुनुअघि सरकारले श्वेतपत्र जारी गरेको हो। 

श्वेतपत्रका अधिकांश बुँदामा अघिल्लो सरकारलाई दोष थोपारिएको छ। अघिल्लो सरकारले घोषणा गरेका योजनाहरू पुरा हुन नसकेको, कतिपय योजना सुरु नै नभएको घोषणा गरे अनुसारका काम नभएको लगायतका आरोप श्वेतपत्रमा लगाइएको छ। 

यसैगरी प्रदेश सरकारले २४ बुँदे भावी कार्यदिशा श्वेतपत्रमार्फत सार्वजनिक गरेको छ। श्वेतपत्रमा प्रदेशलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने, लगानी सम्मेलन गर्ने, सार्वजनिक प्रशासनलाई स्वच्छ र निष्पक्ष बनाउने लगायतका बुँदा उल्लेख छन्।

 

प्रकाशित: Jul 11, 2021| 05:20 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।