शुक्रबार, भदौ ५, २०८३

कर्मचारीको निधनमा गाउँपालिका बन्द

तनहुँको ऋषिङ गाउँपालिकामा कार्यरत सुरक्षागार्डको पहिरामा पुरिएर मृत्यु भएपछि गाउँपालिकाका सम्पूर्ण सेवा एक दिनका लागि बन्द गरिएको छ।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

दमौली- तनहुँको ऋषिङ गाउँपालिकामा कार्यरत सुरक्षागार्डको पहिरामा पुरिएर मृत्यु भएपछि गाउँपालिकाका सम्पूर्ण सेवा एक दिनका लागि बन्द गरिएको छ। ऋषिङ–८ माझकोटका ४२ वर्षीय खुमबहादुर थापाको निधनमा दुःख व्यक्त गर्दै गाउँपालिकाले असार २७ गते आइतबार सेवा बन्द गर्ने निर्णय गरेको हो। 

प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय एक दिन बन्द गर्ने निर्णय भएको जानकारी दिए। थापाको 

बिहीबार गोठमा पानी तर्काउन जाने क्रममा घर माथिबाट खसेको पहिराले पुरिएर मृत्यु भएको थियो। उनको शव पहिरामा पुरिएको ११ घण्टापछि निकालिएको थियो।

प्रकाशित: Jul 11, 2021| 05:09 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।