शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अदालतमा विचाराधीन मुद्दामा प्रभावित नपर्ने गरी सहमति हुन्छ : नेपाल

अदालतमा विचाराधीन मुद्दामा प्रभावित नपर्ने गरी सहमति हुन्छ : नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित नपार्ने गरी सहमति हुने बताएका छन्। विवाद मिलाउन गठित आफू निकट कार्यदलका सदस्यसँग आइतबार भएको छलफलमा नेता नेपालले अदालतमा विचाराधीन मुद्दामा मौन बस्ने जनाउ दिएका हुन्।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित नपार्ने गरी सहमति हुने बताएका छन्। विवाद मिलाउन गठित आफू निकट कार्यदलका सदस्यसँग आइतबार भएको छलफलमा नेता नेपालले अदालतमा विचाराधीन मुद्दामा मौन बस्ने जनाउ दिएका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरिएको हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन स्पष्ट रहेको नेता नेपालको भनाइ छ। कार्यदलका सदस्यहरुले बिहान नेता नेपालसँग छलफल गरेका थिए। नेपालतर्फका कार्यदल सदस्यहरु कोटेश्वरबाट फर्किएपछि सिंहदरबारमा कार्यदलको बैठक जारी छ। कार्यदलका सदस्यहरुले आजै सहमतिको सम्भावना रहेको दाबी गरेका छन्।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भने पार्टीमा सहमतिका लागि विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नै दलका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राख्दै आएका छन्। 

कार्यदलमा रहेका नेताहरूले पनि देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित अदालतमा दायर मुद्दालाई लिएर वार्तामा अड्चन आएपछि फैसला नआउँदासम्म यस विषयमा मौन बस्ने सहमति हुन सक्ने बताउँदै आएका छन्। नेपाल पक्षको अडानपछि ओली पक्ष पनि सर्वोच्च अदालतको फैसला नआउँदासम्म मौन बस्न सहमत भएको बताइएको छ।

प्रकाशित: Jul 11, 2021| 05:10 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।