काठमाडौं- कोभिड- १९ युनिफाइड केन्द्रीय वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनमा ५०० बेड सञ्चालन भएको छ। नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा अस्पतालका प्रमुख प्रशासकिय अधिकारी प्रा. डा. जागेश्वर गौतमले आईसीयू, एचडीयू र जनरल गरि ५०० बेड थपि सेवा विस्तारको तयारीमा रहेको जानकारी दिए।
अस्पतलमा २५ वटा आकस्मिक बेडलाई बढाएर एक सय, आईसीयू बेड एक सय थपि दुई सय पुर्याउने तथा डायइसिस मेशिनलाई १५ बाट बढाएर सय पुर्याउने, दैनिक ७५ वटा सर्जरी पुर्याउने लक्ष्य अनुसार कामअघि बढाइएको डा. गौतमले जानकारी दिए।
हालसम्म अस्पतालमा २ वटा अक्सिजन प्लान्ट र १ लिक्विड ग्याँस ट्याङक जडान गरिसकेकाले वीरको पुरानो भवन र ट्रमा सेन्टरमा रहेका कोभिडका बिरामीलाई नयाँ भवनमा सारिएको छ। पुरानो भवन र ट्रमामा नन् कोभिडको बिरामीको उपचार सुरु भइसकेको गौतमले जानकारी दिए।
डा. गौतममले वीर अस्पतालमा दैनिक ७५ वटा भन्दा धेरै शल्यक्रिया र मासिक तीन सय जनाको प्रत्यारोपण गर्नेगरि काम अघि बढाइएको बताएका छन्।
डा. गौतमले वीर अस्पताललाई थप आर्थिक सहयोग आवश्यक भएको भन्दै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराए। अस्पताललाई ५ अर्ब अनुदान दिए नि:शुल्क विशेषज्ञता सेवा प्रदान गर्न सकिने भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसतर्फ ध्यान दिन आग्रह गरेका हुन्।