शुक्रबार, भदौ ५, २०८३

भैरहवाको सुन्दर्स ग्लासमा आगलागी, ८ करोड क्षति

रुपन्देहीको भैरहवास्थित एक पसलमा आगलागी हुँदा ८ करोड बराबरको क्षति भएको छ।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

बुटवल- रुपन्देहीको भैरहवास्थित एक पसलमा आगलागी हुँदा ८ करोड बराबरको क्षति भएको छ। सिद्धार्थनगर–८ नारायणपथमा रहेको सुन्दर्स ग्लास एण्ड फ्रेम हाउसमा शनिबार रातिदेखि आइतबार बिहानसम्म आगलागी भएको थियो। अगालागी ८ घण्टापछि नियन्त्रणमा आएको छ। 

रातको करिब ९ बजे विद्युत सर्ट भई लागेको आगो नगरपालिकासहित छिमेकी पालिकाहरूबाट आएका एक दर्जनभन्दा धेरै दमकलहरू परिचालन गरी नियन्त्रणमा लिइएको हो।

तौलिहवा, रामग्राम, बर्दघाट, बुटवल, लुम्बिनी, सैनामैना, भैरहवा विमानस्थल, नेपाल आयल निगम लगायतका दमकलले विहान ४ बजेपछि मात्र आगो नियन्त्रणमा लिएका थिए। 

भुईँ तल्लामा अगाडि फ्रेम र सिसाको पसल तथा पछाडी प्लाइउडको ठूलो गोदाम रहेको थियो। माथिल्लो तल्लामा गोदाम सहित परिवार पनि बस्दै आएका थिए।  हाल भैरहवामा पानी परेकोले परिवारहरु बाहिर नै रात गुजार्नु परेको थियो। घर भत्किने डरले कोही पनि घर भित्र प्रवेश गर्न सकेका छैनन्।

आगालगी भएपछि परिवारको सकुशल उद्वार गरे पनि बाँधिरहेको कुकुर भने मरेको छ।

पसलका साथै घरायसी समान, मोटरसाइकल, नगद रकमसमेत जलेर नष्ट भएको छ। पसलको बीमा थियो वा थिएन भन्ने स्पष्ट जानकारी आएको छैन। 

आगालागीबाट अनुमानित करिब ८ करोड बढीको क्षति भएको सुन्दर हार्डवेयरका सञ्चालक आकाश अग्रहरीले जानकारी दिए।

प्रकाशित: Jul 11, 2021| 03:39 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।