शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अब भ्याक्सिन अभावले तड्पिनु पर्दैन : प्रधानमन्त्री ओली 

अब भ्याक्सिन अभावले तड्पिनु पर्दैन : प्रधानमन्त्री ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोनाविरुद्धको भ्याक्सिनबाट तड्पिनुपर्ने अवस्था नआउने बताएका छन्। 
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोनाविरुद्धको भ्याक्सिनबाट तड्पिनुपर्ने अवस्था नआउने बताएका छन्। 

वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन गर्दै ओलीले २०२१ सम्ममा कोरोनाविरुद्धको भ्याक्सिन मोटामोटी रुपमा सबैले लगाइसक्ने बताएका छन्। 

२०२१ को अन्त्यसम्ममा सबै जनतालाई लगाउने प्रयासमा भ्याक्सिन निरन्तर ल्याउने र नयाँ सम्झौता तथा प्रयास गरेको बताए। प्रधानमन्त्री ओलीले भने, ‘अब हामी सबैलाई खोप लगाई सुरक्षित राख्न सक्छौं।’

कार्यक्रममा बोल्दै ओलीले यसअघि वीर अस्पतालको उपयुक्त ढंगको विकास अपेक्षित रुपमा हुन नसकेकोमा अब अस्पतालको उपयुक्त सदुपयोग हुने बताए। 

अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीलाई अनुरोध गर्दै ओलीले अस्पतालको व्यवस्थापन र चिकित्सकीय सेवामा थाक्न नहुने बताए। 

जनताको जीवन नै सबैभन्दा ठूलो सम्पत्ति भएकाले कोभिडविरुद्धको लडाईंमा यस अस्पताललाई अगाडि सारिएको प्रधानमन्त्री ओलीले बताए। 

आज उद्घाटन गरिएको भवनको २०७४ फागुन २५ मा प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए।

प्रकाशित: Jul 11, 2021| 03:24 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।