शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय चोरले लुटेका १२ भैंसी सशस्त्र प्रहरीले फिर्ता ल्यायो

भारतीय चोरले लुटेका १२ भैंसी सशस्त्र प्रहरीले फिर्ता ल्यायो

सशस्त्र प्रहरीले भारतीय चोरहरूले बेलडाँडी गाउँपालिका-५ बाट लुटेर लगेका स्थानीय बासिन्दाका १२ वटा भैंसी आज फिर्ता ल्याएको छ।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

कञ्चनपुर- सशस्त्र प्रहरीले भारतीय चोरहरूले बेलडाँडी गाउँपालिका-५ बाट लुटेर लगेका स्थानीय बासिन्दाका १२ वटा भैंसी आज फिर्ता ल्याएको छ। नेपालको सीमाबाट आठ किलोमिटर टाढा भारतको जिल्ला पिलिभित टाटरगञ्ज, ग्राम पञ्चायत शारदा नदीको धुलिया पलियाघाटबाट भैंसी फिर्ता ल्याइएको हो।

भारतीय चोरले भैंसी चोरेर लगेको जानकारी पाउनासाथ बोर्डर आउटपोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको कमाण्डमा रहेको १० जनाको टोली, झिलमिलाबाट प्रहरी नायब निरीक्षक रामबहादुर बोहराको कमाण्डमा तीन र भैंसीवाला स्थानीयवासीसहितको टोलीले भारतीय सुरक्षाकर्मीको सहयोगमा भैंसी फिर्ता ल्याएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए।

'चोरी गरिएकामध्ये १२ वटा भैंसी चोरहरुले लग्दै गरेको अवस्थामा फेला पारेका छौं', उनले भने, 'एक भैंसी फेला पर्न सकेको छैन। चोरीमा संलग्न भने फरार भएका छन्।' भारतीय टाटरगञ्ज ग्राम पञ्चायतका प्रधान सतननाम सिंहले समेत भैंसी फिर्ता ल्याउन सहयोग गरेका छन्। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै रहेको सीमास्तम्भ नम्बर ७८८७ बाट भारतीय पाँच जनाको समूहमा रहेका चोरले भैंसी चराइरहेका शिवराज उपाध्यायका छोरा १७ वर्षीय अरुण उपाध्यायलाई डर त्रास देखाई शुक्रबार १३ वटा भैंसी भारततर्फ लगेका थिए।

भारतबाट फिर्ता ल्याइएका भैंसीमा शङ्कर थापाका दुई, नवराज कठायतको एक, गोमा रावतको दुई, चन्दबहादुर रावतको पाँच र तेजबहादुर रावतका दुई रहेका छन्। शिव उपाध्यायको एक भैंसी फेला पर्न सकेको छैन। सम्बन्धित व्यक्तिलाई भैंसी बुझाइएको सशस्त्र प्रहरीको भनाइ छ। रासस

प्रकाशित: Jul 11, 2021| 03:03 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।