काठमाडौं- कोपा अमोरिका २०२१ मा सर्वाधिक चार गोल र पाँच एसिस्ट गरेका अर्जेन्टिनाका कप्तान मेस्सी बेस्ट प्लेयरका साथै बेस्ट स्कोरर पनि बनेका छन्।
उनले जारी कपमा चार गोल र पाँच एसिस्ट गरेका छन्।
त्यस्तै, कोलम्बियाविरुद्ध तीन पेनाल्टी बचाएर चर्चामा आएका अर्जेन्टिनाका गोलकिपर बेस्ट किपर बनेका छन्।
त्यस्तै, अर्जेन्टिनाले आज सम्पन्न प्रतियोगितामा १२ गोल गरेको छ। त्यसमध्ये नौ गोलमा मेस्सीको प्रत्यक्ष संलग्नता थियो।
त्यस्तै, रियो दि जेनेरियोको माराकाना रंगशालमामा भर्खरै सम्पन्न प्रतियोगितामा ब्राजिलले भने हार बेहोर्यो। यद्यपी ब्राजिलका डिफेन्डर थियागो सिल्वा बेस्ट डिफेन्डर बने।