मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकप फाइनल ‘काउन्टडाउन’ सुरु : इटाली र इंग्ल्यान्ड भिडन्त आज राति

युरोकप फाइनल ‘काउन्टडाउन’ सुरु : इटाली र इंग्ल्यान्ड भिडन्त आज राति

हरेक ४-४ वर्षमा हुने युरोपेली देशहरूको महादेशीय फुटबल प्रतियोगिता अहिले पाँच वर्षपछि भइरहेको छ।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं- हरेक ४-४ वर्षमा हुने युरोपेली देशहरूको महादेशीय फुटबल प्रतियोगिता अहिले पाँच वर्षपछि भइरहेको छ। महामारीका कारण एक वर्ष धकेलिएको युरो २०२० को सर्वाधिक प्रतीक्षा गरिएको फाइनल खेल राति पौनै १ बजे सुरु हुनेछ।

National life

फाइनल खेलका लागि अब केही घण्टा बाँकी छ। यस्तोमा कुन टिमले जित निकाल्लान् भन्ने जिज्ञासा सबैको मनमा छ। युरोकपको उपाधिका लागि दुवै टिम प्रखर दाबेदार हुन्।

घरेलु फुटबलमा विश्वको प्रतिनिधित्व गरिरहेको इंग्ल्यान्ड र पछिल्लो ३३ खेलमा अपराजित यात्रा गरिरेको इटाली आफैंमा पनि अहिलेका बलिया टिम हुन्। यो कुरा उनीहरूले युरोकपको फाइनलमा पुगेर पनि प्रमाणित गरेका छन्।

महत्त्वपूर्ण प्रतियोगितामा इटाली अहिले १०औं पटक फाइनल खेल्दैछ। उसले यसअघि ६ पटक विश्वकप र तीनपटक युरोकपको फाइनल खेलिसकेको छ।

मुख्य प्रतियोगिताको फाइनल खेल्नेमा जर्मनी शीर्षस्थानमा छ। उसले १४ पटक फाइनल खेलेको छ। त्यपछि धेरै पटक फाइनल पुगेको युरोपियन टिम इटाली नै हो। त्यसैले इटाली सामान्य फुटबल खेल्दै जित निकाल्न चाहन्छ।

Laxmi sunrise bank
kumari

इटालीले यसपहिले १९६८ को युरोपियन च्याम्पियनसिप जितेको थियो। तर, त्यसपछि २००० र २०१२ को फाइनलसम्म पुगे पनि उपाधि जितेको छैन।

२००० मा फ्रान्ससँग र २०१२ मा स्पेनसँग फाइनलमा हारेपछि इटालीले दुईपटक उपविजेतामा चित्त बुझाएको छ। त्यसैले अब इटाली उपविजेतामा चित्त बुझाउने हेतुले फाइनल पुगेको छैन।

अझ भनौं, २०१८ को विश्पक फाइनलसम्म पुग्न नसकेको तुष मेटाउन पनि इटालीलाई यो विश्वकपमा उपाधि आवश्यक छ। पछिल्लो विश्वकपमा प्लेअफबाट आउट भएपछि आएका प्रशिक्षक रोबर्ट मान्सिनीले इटालीलाई रक्षात्मक फुटबलबाट आक्रामक फुटबल खेलाइरहेका छन्। नयाँ शैलीसँगै इटाली उपाधि जित्ने दाउमा छ।

यता इंग्ल्यान्ड चाहिँ पहिलोपटक युरोकपको फाइनलमा पुगेको हो। चेकोस्लोभाकिया र चेक रिपब्लिकलाई एउटै देश मान्ने हो भने इंग्ल्यान्ड युरोकपको फाइनलमा पुग्ने १३औं राष्ट्र हो।

इंग्ल्यान्डले सन् १९९६ को युरोकप सेमिफाइनलमा हार बेहोरेको २५ वर्षपछि अहिले युरोकपको सेमिफाइनलमा पुगेको थियो। र, सेमिफाइनलको अतिरिक्त समयमा डेनमार्कलाई हराउँदै मुख्य प्रतियोगितामा ५५ वर्षपछि फाइनलका यात्रा तय गरेको हो।

युरोकपमा यसअघि कहिल्यै फाइनल नपुगे पनि इंग्ल्यान्डले १९६६ को विश्वकप उपाधि जितेको थियो। फुटबलको महत्त्वपूर्ण मानिने यी दुई प्रतियोगितालाई समग्रमा हेर्दा इंग्ल्यान्ड ५५ वर्षपछि फाइनलमा पुग्यो।

फाइनलमा पुग्ने कुनै युरोपियन देशहरूमध्ये सबैभन्दा लामो समयमा इंग्ल्यान्ड फेरि फाइनलमा पुगेको देखिन्छ। यदि उसले उपाधि जित्न सके आधा शताब्दीभन्दा लामो समयपछि उपाधि जित्नेछ।

यसअघि पहिलोपटक फाइनल पुगेका १२ देशमध्ये तीन राष्ट्रले मात्र उपाधि चुम्ने अवसर गुमाएका छन्। अन्य ९ राष्ट्रले पहिलो फाइनलमै उपाधि जितेका थिए। ती ९ टिमजस्तै भाग्यमानी रहेमा इंग्ल्यान्डले उपाधि जित्नेछ।

युरोकपमा क्वार्टरफाइनलबाहेक सबै खेल घरेलु मैदानमै खेल्न पाएकाले इंग्ल्यान्डको टिमलाई घरेलु समर्थकले फाइदा पुग्ने छ।

इटालीले सुरुआती खेल घरेलु मैदानमा खेल्न पाए पनि बाँकी खेलका लागि बाहिर देशको मैदानमा खेलिरहेको छ। इटालीले युरोकपको उद्घाटन खेल चाहिँ रोमस्थित ओलम्पिको रंगशालामा खेल्न पाएको थियो।

साथै कोभिड-१९ को महामारीका कारण अहिले इंग्ल्यान्डले इटालीबाट आउने समर्थकलाई रोक लगाएको छ। यसकारण फाइनल खेलमा वेम्बलीमा घरेलु समर्थकको बाहुल्यता रहनेछ।

यसअघि इंग्ल्यान्डले जर्मनीलाई हराउँदै विश्वकप जित्दा पनि खेल वेम्बली रंगशालामा नै भएको थियो। तर, २००४ मा पोर्चुगलले आयोजना गर्दा र २०१६ मा फ्रान्सले आयोजना गर्दा आयोजक टिम फाइनलमा पराजित भएका थिए।

इटालीको युरो यात्रा
समूह चरण
टर्की ०-३ इटाली
इटाली ३-० स्विट्जरल्यान्ड
इटाली १-० वेल्स

अन्तिम १६
इटाली २-१ अष्ट्रिया

क्वार्टरफाइनल
बेल्जियम १-२ इटाली

सेमिफाइनल
इटाली १-१ स्पेन (पेनाल्टीमा इटालीको ४-२ गोलको जित)

इंग्ल्यान्डको युरोकप यात्रा 
समूह चरण 
इंग्ल्यान्ड १-० क्रोएसिया
इंग्ल्यान्ड ०-० स्कटल्यान्ड
चेक गणतन्त्र ०-१ इंग्ल्यान्ड

अन्तिम १६ 
इंग्ल्यान्ड २-० जर्मनी

क्वार्टरफाइनल
युक्रेन ०-४ इंग्ल्यान्ड

सेमिफाइनल 

इंग्ल्यान्ड २-१ डेनमार्क

फाइनल
इटाली र इंग्ल्यान्ड
आइतबार राति १२:४५ बजे
वेम्बली रंगशाला लन्डन

प्रकाशित: Jul 11, 2021| 02:36 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।