काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेभित्र देखिएको विवाद अन्त्य भएको नेताहरुले बताएका छन्। एमाले नेता एवम् ओली पक्षीय कार्यदलका संयोजक सुवास नेम्बाङले नेपालसमयसँगको कुराकानीमा यस्तो बताएका हुन्।
‘सहमति भइसकेको छ,’ उनले भने,‘अहिले केहीबेरमा बैठक बसेर सहमति पत्रमा हस्ताक्षर गर्दैछौं।’ उनले कार्यदलले आजै एमाले स्थायी कमिटीको बैठक राख्न पनि नेतृत्वलाई सुझाव दिएको जानकारी दिए।
सहमति पत्रमा हस्ताक्षर गरेर कार्यदलका सदस्यले अध्यक्ष केपीशर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाउने तयारी गरेको छ।