काठमाडौं- इंग्ल्यान्डको लन्डनमा शनिबार राति सम्पन्न विम्बल्डन महिलातर्फको फाइनल खेलमा अष्ट्रेलियाकी अश्ले बार्टीले उपाधि जितेकी छन्।
उनले फाइनलमा चेक गणतन्त्रकी करोलिना पलिस्कोभा लाई २-१ को सेटमा हराएकी हुन्।
६-३, ६-७ (४-७), र ६-३ को सेटमा बार्टीले जित निकालेकी हुन्।
यससँगै दोस्रो पटक फाइनल पुगेकी विश्व नम्बर वान बार्टीले विम्बल्डनको पहिलो उपाधि जितेकी हुन्।