शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोपा अमेरिका फाइनलको पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता

कोपा अमेरिका फाइनलको पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता

जारी कोपा अमोरिकाको फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले ब्राजिलमाथि एक गोलको अग्रता बनाएको छ।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं- जारी कोपा अमोरिकाको फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले ब्राजिलमाथि एक गोलको अग्रता बनाएको छ। माराकाना रंगशालमा आइतबार बिहानको खेलको अधिकतम समय खेलमा दबाब बनाए पनि ब्राजिलले पहिलो हाफमा गोल गर्न सकेन।

खेलको २३ औं मिनेटमा रोड्रिगो डि पालले दिएको पासलाई एन्जेल डि मारियालाई ब्राजिलका गोलकिपर इडरसन मोरेससँग वान टू वानको अवस्थामा रहँदै गोल गरे। यससँगै अर्जेन्टिनाले खेलमा अग्रता दिएको छ।

त्यसअघिको उनको एक प्रयास भने ब्राजिलका डिफेन्डरले सहजै क्लियर गरे।

पहिलो हाफमा ब्राजिलले सुरुआतमै बलमा अधिक समय बलमा नियन्त्रण बनाए पनि डि मारियाको गोलपछि ऊ दबाबमा आएको थियो।

यता खेलको १३ औं मिनेटमा ब्राजिलले अट्याकिङ थर्डमा राम्रो अवसर बनाए पनि गोल गर्न सकेको थिएन। पहिलो हाफको अन्तिममा पाएको कर्नरको फाइदा लिन ब्राजिल चुक्यो।

पहिलो गोपछि बलियो देखिएको अर्जेन्टिनाले पहिलो हाफमा विपक्षीको पोस्टमा तीन प्रहार गरेको छ।

यता ब्राजिलका ६ प्रहारमध्ये एक पटक विपक्षीको पोस्टतर्फ रहे पनि गोल गर्न सफल भएन।

प्रकाशित: Jul 11, 2021| 00:54 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।