शुक्रबार, भदौ ५, २०८३

चितवनका नेचर गाइडले मागे कोरोनाविरुद्धको खोप

नेचर गाइड  एसोसिएशन रत्ननगरले कोरोना सङ्क्रमणविरुद्धको खोप आफूहरुलाई पनि उपलब्ध गराउन माग गरेको छ। 
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

चितवन- नेचर गाइड  एसोसिएशन रत्ननगरले कोरोना सङ्क्रमणविरुद्धको खोप आफूहरुलाई पनि उपलब्ध गराउन माग गरेको छ। 

एशोएिशसनले सफारी पर्यटन सञ्चालन गर्नका लागि पनि आफूहरुलाई कोरोनाविरुद्धको खोप दिन आवश्यक रहेको जनाएको हो।

तीन तहको सरकारसँग चार बुँदे मागसमेत एसोसिएशनले राखेको छ। 

एशोसिएशनले कोभिड खोप उपलब्ध गराइनुपर्ने, वार्षिक नवीकरण शुल्क मिनाहा गर्नुपर्ने, वन्यजन्तु संरक्षण र वातावरण संरक्षणको काममा नेचर गाइडलाई संलग्न गराई रोजगारीको सिर्जना गर्नुपर्ने, पेशालाई मर्यादित र प्राविधिक बनाउनका लागि कार्यविधि आवश्यक रहेकाले सो निर्माण गरिनुपर्ने माग राखेका छन्।

पर्यटन व्यवसायमा अग्रपङ्तिमा रहेर काम गर्ने गाइडलाई अनिवार्यरूपमा  खोपको व्यवस्था गर्न एशोसिएशनले पटक–पटक स्थानीय प्रशासनमार्फत माग गरेको भए पनि सरोकारवालाले सुनुवाइ नगरेको एशोसिएशनका अध्यक्ष राजेन्द्र धामीको गुनासो छ। कोरोनाका कारण नेचर गाइड पेशाबाट पलायन हुन थालेको उनले बताए। 

पहिलो चरणको कोरोना सङ्क्रमणसँगै २५ जना गाइड विदेश पलायन भएको भन्दै उनले त्यसपछि पनि १०० जनाले मात्र रोजगारी पाएको जानकारी दिए। 

चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा पर्यटक घुमाउनका लागि ७०० नेचर गाइड छन्। तीमध्ये ५०० जनाले पेसा अँगालेका छन्। एशोसिएसनको तथ्याङ्कअनुसार सौराहा क्षेत्रमा मात्रै ४०० गाइड रहेका छन्। रासस

प्रकाशित: Jul 11, 2021| 00:55 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।