मंगलबार, माघ ६, २०८२

कोपा अमेरिका फाइनल : ब्राजिल र अर्जेन्टिनाबीचको खेल सुरु

कोपा अमेरिकाको फाइनलमा ब्राजिल र अर्जेन्टिनाबीचको प्रतिषपर्दा सुरु भएको छ।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं- कोपा अमेरिकाको फाइनलमा ब्राजिल र अर्जेन्टिनाबीचको प्रतिषपर्दा सुरु भएको छ। १०५ वर्ष लामो इतिहास बोकेको महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाअन्तर्गत ४७औं संस्करणको फाइनल खेल आइतबार बिहान नेपाल समय अनुसार ५:४५ मा सुरु भएको हो।

National life

ब्राजिलको रियो दि जेनेरियोस्थित मराकाना रंगशालामा खेल हुँदैछ। अर्जेन्टिना यो संस्करणको कोपा आफै आयोजना गरेर उपाधि जित्न चाहन्थ्यो। तर कोभिड–१९ को महामारी कारण रोगको संक्रमण र मृत्युदर बढ्दो भएपछि उसले आयोजना गर्न सकेन। 

त्यसैले यो प्रतियोगिता अहिले ब्राजिलमा भइरहेको छ। छिमेकी मुलुकमा आयोजना भए पनि अर्जेन्टिना उसकै घरेलु भूमिमा आयोजकलाई हराएर उपाधि कब्जा गर्ने दाउमा छ।

कोपामा अर्जेन्टिना ब्राजिलभन्दा बलियो इतिहास भएको टिमसमेत हो। अर्जेन्टिनाले अहिलेसम्म १४ उपाधि जितेको छ। सर्वाधिक धेरै उपाधि जित्ने उरुग्वेभन्दा अर्जेन्टिना एक उपाधिले पछाडि छ। यदि उसले यो संस्करणको उपाधि जित्न सफल भए सर्वाधिक विजेता उरुग्वेसँग उपाधि संख्या बराबरी गर्नेछ। त्यसैले पनि अर्जेन्टिना कसैगरी ब्राजिललाई हराउन चहान्छ। उसलाई उरुग्वेको रेकर्डसँग बराबरी गर्ने अवसर मिल्नेछ।

यी दुई टिमबीच अहिलेसम्म १११ खेल भएका छन्। जसमा अर्जेन्टिनाले ४६ खेल जितेको थियो भने ब्राजिलले ४० खेल जितेको इतिहास छ। बाँकी २५ खेल भने बराबरीमा रोकिएका छन्।

Laxmi sunrise bank
kumari

यता १०२ वर्ष पहिले पहिलोपटक कोपाको ट्रफी उचालेको ब्राजिलले भने अहिलेसम्म नौ पटक मात्र उपाधि आफ्नो नाम दर्ता गरेको छ। त्यसैले आफूसँग उत्कृष्ट टिम रहेकै समयमा ब्राजिल कोपाको उपाधि जितेर धेरै जित्ने टिमतर्फ अग्रसर हुन चाहन्छ।

प्रकाशित: Jul 11, 2021| 00:01 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।