शुक्रबार, भदौ ५, २०८३

एमालेको नेपाल पक्ष अनौपचारिक छलफलमा 

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरू अनौपचारिक छलफलमा जुटेका छन्।
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

काठमाडौं– एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरू अनौपचारिक छलफलमा जुटेका छन्। स्थायी कमिटीका नेताहरूबीच अहिले अनौपचारिक छलफल भइरहेको एक नेताले जानकारी दिए। उनका अनुसार भर्चुअल माध्यमबाट कार्यदलको बैठकमा भएको सहमतिका बारेमा छलफल भइरहेको छ।

पार्टी विवाद समाधानका लागि गठित कार्यदलले सहमति गरेको जनाएको छ। आइतबार बिहान त्यसलाई अन्तिम रुप दिएर सार्वजनिक गरिने नेताहरूले प्रतिक्रिया दिएका छन्। ‘हामीले कार्यदलको बैठकमा भएको सहमतिका बारेमा ‘बिफ्रिङ’ गरेका छौं’, एक नेताले भने। आजको कार्यदलको बैठकपछि नेता सुवास नेम्वाङ र गोकर्ण विष्टले सहमतिनजिक पुगेको र भोलि बिहान सुखद समाचार सुन्न पाइने प्रतिक्रिया दिएका थिए।

प्रकाशित: Jul 10, 2021| 17:16 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।